दफा १५
छूट वा मिन्हा दिन सक्ने

यस ऐनबमोजिम लागेको वा लाग्ने जरिवाना, शुल्क वा थप शुल्क कुनै खास अवस्थामा छूट वा मिन्हा दिनु पर्ने आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशित गरी त्यस्तो जरिवाना शुल्क वा थप शुल्क आंशिक वा पूर्ण रूपले छुट वा मिन्हा दिन सक्नेछ ।